पोखरा, श्रावण १८ ।
ब्राह्मण नारी समाज पोखरा ६ बैदाम शाखाको दोस्रो साधारण सभा बुधबार सम्पन्न भएको छ । समाजले पोखरा महानगर पालिकामा वडा नं–८ सिमल चौरमा बन्दै गरेको केन्द्रिय कार्यलयको निर्माण सहयोगार्थ अ्रक्षेरुपी २ लाख २५ हजार रुपैयाको चेक समाजकी अध्यक्ष सावित्रि तिमिल्सीनाले ब्राह्मण समाज कास्की अध्यक्ष राम प्रसाद बास्ताकोटीलाई प्रदान गरिएको थियो ।
साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज कास्कीका अध्यक्ष राम प्रसाद बास्ताकोटीले नेपालका अरु जातजाती भन्दा ब्राह्मण जाती संख्यातम रुपमा धेरै भएता पनि सरकारको निति नियमले गर्दा ब्राह्मण जातिलाई उपेक्षा गरेको बताउनुभयो । उहाँले ब्राह्मण जातिका सन्ततिले पाउने आरक्षण कोटा समेत सरकारी रवैयाका कारण गुमाउनु परेको बताउदै, सबैभन्दा दुख दिइने गरेको ऐनको दफा खारेजीको माग गर्नुभएको थियो । ब्राह्मण जातको जन्म धार्मिक ग्रहन्थ बेद सगँै भएको दाबी गर्दै यसलाई सामान्य हिसाबले नबुझ्न राज्यलाई आग्रह गर्दै आरक्ष गर्नु परे बर्गिए हिसाबले गर्नुे पर्नेमा, सरकारले जाति हिसाबले गरेमा दुखेसो गदर्,ै कोटा प्रणालि खारेज गर्ने माग गर्नुभयो ।
ब्राह्मण नारी समाजका केन्द्रिय सदस्य पार्वति पौडेलले नेपालमा लादिएको धर्म निरपेक्ष लाई खारेजी गरि नेपाललाई पुन हिन्दु राज्य बनाउन सम्पूर्ण ब्राह्मणहरु एक जुट हुनु पर्ने बताउनु भएको छ । उहाँले “हिन्दु धर्मका ग्रहन्थहरुमा जहाँ नारीहरु खुशि हुन्छन, तेहाँ देवताको बास हुन्छ” भन्ने मान्यता रहेको सुनाउदै नारी जातिलाई खुशि राख्न सके घर, समाज र जगत खुशि रहने विश्वास ब्यक्त गर्नुभयो । समाजका एक दुई वटा नारीहरुले गर्दा सम्पूर्ण नारीहरुको बदनाम हुने गरेको बताउद,ै नारीहरुले लवाई, खवाई र रहन सहनमा ख्याल गर्ने उपस्थित नारीहरुलाई आग्रह गर्नुभयो ।
कास्की जिल्ला ब्राह्मण समाजका कोषाअध्यक्ष बिष्णु सुवेदीले नेपालमा सघिंयता आए सगै ब्राह्मण जातिले दुख पाउँने गरेको बताउनु भयो । ब्राह्मणलाई राज्य बाट पाउँने पर्ने सेवा सुविधामा कटौति गरि सम्रग ब्राह्मण जातिको अपहेलना गरेर सरकारले गल्ति गरेकोमा गल्ति सुधारन्न आग्रह गर्निुभयो । सुवेदीले ब्राह्मण जातिलाई कसैको कोटा नचाहिने बताउदै, योग्यता र क्षमताको आधारमा मुल्याङकन हुनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष सावित्रि तिमिल्सीनाले नेपालका नेताहरुको सानो सोच विचारले गर्दा ब्राह्मण जातिले दुख पाएको बताउदै, नेताहरुले आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने काम भयो, यसैले गर्दा दुख पाएको बताउनुभयो । तिमिल्सीनाले आज नेपालमा कोटा प्रणालिले गर्दा ९५ प्रतिशत अकं ल्याउने विद्यार्थि बिदेशिनु परेको स्मंरण गर्दै कोटा प्रणाली तुरुन्त खारेज गर्ने सरकारलाई आग्रह गर्नुभयो ।
अध्यक्ष सावित्रि तिमिल्सीनाको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाअध्यक्ष तथा कार्यक्रम संयोजक संगिता बराल, पत्रकार गणेश पहारी, सल्लाहकार गोपिमाया बराल, महासचिब विनिता बराल र कोषाअध्यक्ष सिता पाण्डे लगाएतका बक्ताहरुले ब्राह्मण जातिालाई नै अवमुल्याङकन गरि ल्याइएको कोटा प्रणालिलाई खारेज गर्ने सरकार समक्ष आब्हान गरेको थिए । सारधारण सभा सगै आउँदै गरेको नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा महासचिब बिनिता बरालले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष सिता पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पास गरेको थियो ।














