प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठक बोलाए, चुनावको मिति घोषणाबारे छलफल हुने

सुबी गुरुङ
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेका लागि बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। बैठक बालुवाटारमा बस्ने भनेर खबर आएको छ, पौडेलले भनिन्।

चुनावको मिति घोषणका गर्ने बारेमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गर्न देउवाले बैठक बोलाएका हुन्। मंसिर ४ गते चुनाव गर्न निर्वाचन आयोगले असार २२ गते नै प्रस्ताव गरेको थियो। तर,सरकारले हाल सम्म चुनावको मिति घोषणा गरेको छैन।

पाँच दलीय सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले देउवाले चुनावको मिति तत्काल घोषणा गर्न चाहेको भए पनि आफूले रोकेको बताएका थिए। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्।

जसपा हाल विभाजितको अवस्थामा छ भने देउवाले लोकतान्त्रिक समाजवादी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउन खोजिरहेका छन्। अर्कोतिर सत्ता गठबन्धनमा रहेका माओवादी,एकीकृत समाजवादी लगायतका नेताहरुले वाम मोर्चा बनाएर चुनावमा तालमेल गर्न गृहकार्य गरिरहेका छन्। आजको बैठकमा चुनावको मिति घोषणा र चुनावी तालमेलका बारेमा छलफल हुने नेताहरुले बताएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला