जनतालाई केन्द्रमा राखेर काम गनुपर्छ : पूर्णबहादुर खड्का

नगेन न्यूज
  • ख-
  • ख+

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै उनले राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ शनिबार आयोजित कार्यक्रममा उनले जनभावनाअनुरूप जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी संगठनप्रतिको आकर्षण बढ्ने नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । जनता तथा समाजप्रति जनप्रतिनिधिको जिम्मेवारी अहम् हुने उनले बताए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला