मादी गाउँपालिकामा मानव अधिकार स्थानीय तह समन्वय समिति गठन 

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ,साउन १२ ।
मादी गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन गरिएको छ ।
मानवअधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष देबिजङ्ग गुरुङको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले बिकासका लागि मानव अधिकारको पुर्ण प्रत्याभुती पहिलो शर्त भएको बताउनुभयो । पौडेलले सबै जनप्रतिनिधिहरूले इमान्दार भएर जनताको काममा लागि पर्नूको बिकल्प नभएको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले कार्यक्रमको सहजीकरण गर्दै मानवअधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यपत्र प्रस्तुत तथा स्थानीय तह समन्वय समितिका कामबारे जानकारी गराउनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङले आफ्नो पालिकामा मानव अधिकारको अबस्था क्रमश सुधार्ने भन्दै सो को लागि गठित समितिको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङ ,जिल्ला समन्वय समिती कास्किका सदस्य राजु अधिकारी ,गैरसरकारी संस्था महासंघ कास्किका अध्यक्ष डा. बुद्धि बहादुर थापा , सो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा , इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्मा लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति कास्किको साउन ५ गतेको बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई कास्की जिल्लाका स्थानीय तहमा स्थानीय तह समन्वय समिति गठन र अभिमुखीकरणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । स्थानीय तह समन्वय समितिमा गाउँपालिका अध्यक्ष संयोजक, प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्षहरू ,विषयतग शाखा प्रमुख, स्थानीय तहका सुरक्षा प्रमुख र अध्यक्षले तोकेका १ जना महिलासहित ३ जना नागरिक समाजका प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।
कास्की चारवटै गाउँपालिकाहरुमा सो समिती गठन भएको र निकट भबिष्यमा पोखरा महानगरपालिकामा समेत गठन हुने क्रममा रहेको जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला