साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ सम्मेलन हुने

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन् । आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ सम्मेलन हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउन्टेन लजमा सहभागी पुग्नेछन् ।

जसमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहने बताइएको छ । यस्तै, पोखरासहित काठमाडौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन् ।

महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन् । साथै दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्यले प्रस्तुति राख्ने बताइएको छ ।

यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताए । उनले महानगर बीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताए ।

मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताए । उनले भने, ‘महानगरपालिकाहरू स्वाभाविक हिसाबले जनसंख्या पनि बढी भएको, वडाहरू पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरू भएको अवस्थामा केही विषयहरू अन्यौलपूर्ण छन् । कतिपय संघसँग छन्, कतिपय प्रदेशसँग छन् । हामीले भोगेका समस्याहरू के हुन् रु हामीले के खालको सुझाव दिन सकिन्छ रु र हाम्रा कामलाई सहजीकरण गर्न सक्छौँ भनेर हाम्रा अनुभवहरू शेयर गर्नको लागि हो । महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्न सक्छौँ भन्ने कुराको छलफल गर्नको लागि हो । यसलाई हरेक वर्ष गर्ने गरेर तयार गरिरहेका छौँ ।’

पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला