पोखरा महानगरमा अपांग परिचयपत्र वितरण सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन ५ ।
पोखरा महानगरपालिकामा तीन महिनादेखि स्थगित अपांग परिचयपत्र वितरण सुरु भएको छ । स्थानिय तह निर्वाचनसंगै स्थगित परिचयपत्र वितरण बिहिबारदेखि सुरु भएको हो । बैशाख यता महानगरमा अपांग परिचयपत्र वितरण रोक्किएको थियो ।

अपांग परिचयपत्र वितरण समन्वय समितिको संयोजक उपप्रमुख हुने व्यवस्था रहेको छ भने अन्य सदस्य मेयरले तोक्ने व्यवस्था रहेको छ ।
परियपत्र वितरण समन्वय समितिले पूर्णता पाएसंगै बिहिबारदेखि परिचयपत्र वितरण सुरु भएको हो । समितिको संयोजकमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक रहनु भएको छ भने कार्यपालिका सदस्य धनकुमारी पोखरेल, शान्ति उदय मावि पोखरा ३३ का प्रधानाध्यापक नारायण गिरी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक समीक्षा खत्री, अपांगता वडा सञ्जाल वडा नम्वर ८ का अध्यक्ष विष्णु सिग्देल, जीवन पद्धति नेपाल, पोखरा १५ का अध्यक्ष अञ्जना केसी सदस्य चयन हुनुभएको छ ।

समितिको सदस्य सचिव पोखरामा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा रहनुभएको छ ।
उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति रहन्छ एक जना सदस्य मनोनित गर्न बाँकी रहेको सामाजिक विकास महाशाखा अधिकृत गीता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले तीन महिनादेखि परिचयपत्र मागका लागि परेका निवेदन धेरै भएकाले भोलि शुक्रबार पनि वितरण गरिएको बताउनुभयो ।
परिचयपत्र वितरण अव हरेक महिनाको अन्तिम मंगलबार वितरण गर्ने महाशाखाले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला