पोखरा, साउन ३ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरेली नागरिकको विश्वास गुम्न नदिने बताउनु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको श्री शिव गोरक्षनाथ पीठ सिद्धाश्रममा आयोजित रोठ अर्पण, गोरखनाथ बाबा ढलान बाटो उद्घाटन र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै उहाँले पोखरेली जनताले दोश्रो पटक पनि उपमेयर पदमा विश्वास गरेर जिताएको बताउदै त्यो विश्वासलाई कायम राख्ने गरी काम गर्ने बताउनुभयो । उहाँले पोखा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको समेत बताउनुभयो । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका छौ । त्यसैले भरर्खर नयाँ बजेट ल्याएका छौ । बजेटमा हामीले पूर्वाधारलाई प्राथमिकता दिएका छौ ।’
गुरुङले कार्यकालमा १५८५ किलोमिटर सडक निर्माण गरेको बताउदै यस वर्षपनि पूर्वाधारमा ४ अर्व ५३ करोड बजेट विनियोजन गरेको जानकारी दिुभयो ।
पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रहरुको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘पोखरा पर्यटकीय सहर हो । यहाँका सम्पदाहरुको संरक्षण गदै पर्यटकीय आकर्षण बनाउन महानगरले काम गरिरहेको छ ।’
कार्यक्रमा पोखरा ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नम्वर ३१ का अध्यक्ष ढकनाथ कडेल, नरनारायण थापा, राममणि अधिकारी, गोरखनाथ बाबा ढलान बाटो निर्माण समितिका सचिव कृष्णप्रसाद ढुंगाना, शिव गोरक्षनाथ पीठ सिद्धाश्रमका सचिव भरतप्रासद तिवारी लगायतले साविक लेखनाथको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।
पोखरा महानगरपालिकको १२ लाख रुपैयाँको लागतमा २०५ मिटर सडक ढलान गरिएको हो ।
उक्त सडकको उपमेयर गुरुङले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपप्रमुख गुरुङ सहित वडा नम्वर ३० र ३१ का वडा अध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।