चार मुक्तकहरू – प्रजित कुँवर

प्रजित कुँवर
  • ख-
  • ख+

चार मुक्तकहरू
१,
बाटोमा चुहाउँदै शरिरको खुन लानुपर्छ
पीडा अधिक सहनुपर्छ हण्डर खानुपर्छ
सानो चोट लागेमा हामी स्याङ्जालीलाई
उपचार गर्न पाल्पा की पोखरा जानुपर्छ

२,
दम्भ देखाउँछ बारम्बार तिम्रो शहरले
ईज्जतको गर्छ व्यापार तिम्रो शहरले
दायित्व पुरा गर्न मानवता झल्काउन
गाँउबाट सिकोस् संस्कार तिम्रो शहरले

३,
रहर हो की त्यस्तो बाध्यतामा भन्न भा छैन
देख्दा आँशु भरिन्छ आँखामा भन्न भा छैन
करोडौँको गाडी चढ्छ जो , महलमा बस्छ !
बृद्धाआश्रम छिन उसैकी आमा भन्न भा छैन

४,
समस्या बोकेर बिभिन्न शहर जानु पर्छ
आफन्त को पराई चिन्न शहर जानु पर्छ
गाउमै रक्सी चुरोट पाईने मेरो देशमा ~
टाउको दुखे दवाई किन्न शहर जानुपर्छप्र

जित कुँवरवा

लिङ न पा – १४, बाँयखोला सिख्रे

स्याङ्जा

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला