अडियो पुस्तकालयका लागि प्राविधिक तथा शैक्षिक सामाग्री हस्तान्तरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
व्यवसायिक महिला क्लब, पोखरा च्याप्टरद्वारा पृथ्वीनारायण क्याम्पसको अडियो पुस्तकालयका लागि विभिन्न प्राविधिक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
पृथ्वीनारायण क्याम्पसमा दृष्टिविहीन विद्यार्थीहरुको लागि सञ्चालित अडियो पुस्तकालयलाई शुक्रबार आयोजित कार्यक्रममा क्लबले १ थान एच.पि. स्क्यानर, क्यानन प्रिन्टर, १५ रिम प्रिन्ट पेपर, ब्रेल कपी लगायतका सामाग्रीहरु क्याम्पसका विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाललाई हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष हरीमाया शर्माको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा दृष्टिविहीन विद्यार्थी दीपक अधिकारी, पुस्तकालयका कर्मचारी राजेन्द्र सुबेदी, क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाल क्लबका पदाधिकारीहरु लक्ष्मी गुरुङ्ग, गङ्गालक्ष्मी गुरुङ्ग, धनेश्वरी पराजुली लगायतले दृष्टिविहीन विद्यार्थीका लागि शैक्षिक तथा प्राविधिक सहयोग गरी शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला