शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो ।
एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई विल्लेले नियन्त्रणमा लिदैँ अघि बढाउँदै साङलाई दिएको पासमा उत्कृष्ट गोल गरेपनि अफसाईड रह्यो । एभिनियरले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता लियो । हेम्जाका डिफेन्डर सुमन अर्यालले क्लियर गर्नेक्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो ।
एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सि झुक्किरहँदा सुशिल राईले उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनको खेलको दोस्रो हाफमा हेम्जाको गोलपोस्ट निकै व्यस्त रह्यो । रक्षात्मक खेल खेलेको हेम्जाले दोस्रो हाफमा गोल गर्न नदिदाँ निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
थप गरिएको अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधी चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले गोल गरे ।
यस्तै १०६ औं मिनेटमा विल्लेले गोलगर्दै जित निश्चित गराएका थिए ।
दिप कार्की सर्वोत्कृष्ट खेलाडी
हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । आयोजक हेम्जा युनाइटेडलाई फाइनलमा पु¥याउनुमा उनको महत्वपूर्ण योग्दान रहेको थियो ।
यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले समान २०÷२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।
घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्र राजिव गुरुङले प्रदान गरे ।
असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला