नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने

सुबी गुरुङ
  • ख-
  • ख+

उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम लिन्छु । त्यसैले खुला ढोकाबाट राजनीतिका लागि अगाडि बढेको छु ।’

उनले आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा रहेको सुनाए । उनले भने, ‘आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा छु । त्यही अनुसार जिल्लामा आउजाउ पनि गरिरहेको छु ।’

२०७४ सालमा एमालेले शशांक कोइरालाको क्षेत्रमा चुनाव लड्न टिकट दिएको स्मरण गर्दै उनले आफुले सो क्षेत्रबाट चुनाव नलडेको बताए । ‘म लडिनँ । उहाँको ९कोइरालाको० निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा चुनाव लड्न म लागेन । बरु म काँग्रेसमा आएँ । कोइराला परिवारसँग हाम्रो परिवार पुरानो सम्बन्ध छ ।’

चौधरीले काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार रहेको समेत बताए । ‘तर यो कुरा पार्टीको निर्णयमा भर पर्छ । पार्टीले टिकट दिएन भने काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्छु’ उनले भने ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला