स्थानीय तह निर्वाचनको प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला पोखरामा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ को प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला पोखरामा सम्पन्न भएको छ ।
निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले अध्यक्षता गर्नुभएको कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा भएका निर्वाचन र मतदान सम्बन्धि विविध विषयवस्तुहरु– मतदाता नामावली, मतदाता परिचयपत्र, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना, मतपरिणाम घोषणा, निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयन, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रचार प्रसार र खर्च, जनशक्ति व्यवस्थापन, वित्तीय व्यवस्थापन, निर्वाचन सामाग्री व्यवस्थापन, निर्वाचन सुरक्षा व्यवस्थापन, मतपत्र व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन सम्बन्धी तालीम, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, राजनीतिक दल दर्ता, निर्वाचन विवाद निरुपण र निर्वाचन आचार संहिताको पालना आदिका असल अभ्यास, समस्या र चुनौती साथै समाधानका उपायहरु माथि छलफल गरिएको थियो ।
कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा खटिएका अनुगमन टोली प्रमुखहरु, गण्डकी प्रदेश अन्तर्गत ५ जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, १÷१ जना निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी, कास्की जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, कास्की जिल्लाका ३ जना मतदान अधिकृत, राजनीतिक दलका प्रमुखहरु, गैर सरकारी संस्था, नागरिक समाज, पर्यवेक्षक, अपाङ्गता भएका व्यक्ति र पत्राकार महासंघका अध्यक्ष गरी ४३ जनाको सहभागिता रहेको थियो ।
आयोगका सहसचिव श्री शालिग्राम शर्मा पौडेलले स्वागत र कार्यक्रमको संचालन उपसचिव श्री सुर्य प्रसाद अर्यालले गरेका थिए ।
कार्यक्रममा सहसचिव श्री शालीग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ को सारांश प्रस्तुत गरिसकेपछि सहभागीहरुलाई ५ समूहमा विभाजन गरी विभिन्न विषयवस्तुहरु माथि छलफल गरिएको थियो ।
५ वटै समूहको प्रस्तुती पछि सहभागीहरुबाट थप जिज्ञासा र सुझावहरु प्राप्त भएका थिए भने उक्त जिज्ञासा र सुझावहरुमाथि सहसचिव श्री शालीग्राम शर्मा पौडेल र डा. निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले प्रष्ट पार्दै कार्यक्रममा प्राप्त सुझावहरु आगामी निर्वाचनहरुमा नीतिगत रुपमा समावेश गर्दै कार्यान्वयनमा ल्याउन पहल गरिने जानकारी गराए ।
त्यस्तै समूह क मा मतदाता नामावली, मतदाता परिचयपत्र, मतदानकेन्द्र, मतदान प्रक्रिया र मतगणना तथा मतपरिणाम घोषणाको असल अभ्यास, समस्या तथा चुनौती र समाधानका उपायहरुको बारेमा छलफल गरी सहूको प्रतिनिधित्व गर्दै निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले आफ्नो प्रस्तुती दिएका थिए ।
त्यसैगरी समूह ख मा निर्वाचन कार्यक्रम, उम्मेदवार मनोनयन, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचनप्रचार प्रसार र खर्च र सूचना प्रविधिको प्रयोग विषयका असल अभ्यास, समस्या तथा चुनौती र समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो ।
समूह ग मा जनशक्ति व्यवस्थापन, वित्तीय व्यवस्थापन, निर्वाचन सामाग्री व्यवस्थापन, निर्वाचन सुरक्षा व्यवस्थापन र मतपत्र व्यवस्थापनका असल अभ्यास, समस्या तथा चुनौती र समाधानका उपायहरुको बारेमा छलफल भएको थियो ।
समूह घ का सहभागीहरुले मतदाता शिक्षा, निर्वाचन सम्बन्धी तालिम, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, निर्वाचनमा लैङगिक तथा समावेशीकरण सम्बन्धी विषयवस्तुमा छलफल भएको थियो ।
त्यसैगरी समूह ङ का सहभागीहरुले निर्वाचन कानून, राजनीतिक दल दर्ता, निर्वाचन विवाद निरुपण र निर्वाचन आचार संहिताको पालना, सामाजिक सञ्जालको प्रयोग तथा निर्वाचनमा मिथ्या सूचना दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिमा छलफल गरी त्यसका असल अभ्यास, समस्या तथा चुनाती र समस्या समाधानका उपायहरु प्रस्तुत भएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला