पोखराका मेयर आचार्य र भरतपुरका मेयर दाहालबीच भेटवार्ता ,पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिवद्धता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहाल बीच भेटवार्ता भएको छ । आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामास् थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भेटवार्तामा सहभागी पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुर बीच यस अघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदानप्रदान गर्नुपर्ने बताए । उनले पोखरा र भरतपुरका बीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।


प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना लगातका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयर सहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।
उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदी सहित शाखा महाशाखा प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजिकरण गरेकाथिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला