परिवार नियोजन संघको अभियान जारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २७ कात्तिक । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ ।
अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।

छोरेपाटन मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडा अध्यक्ष राधिका शाही योगीले बढ्दो उमेरसँगै आउने यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या समाधानका लागि अभियान सहयोगी हुने बताउनुभयो ।

उता सरस्वती टिका मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं ३३ की कार्यवाहक वडा अध्यक्ष दुर्गा केसी थापाले यस्ता अभियानलाई अझ तिव्र पार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सरस्वती टिका मावि व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद पराजुली, प्रधानाध्यापक सूर्यराज अभिकारी र छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्माले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला