पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा

सुबी गुरुङ
  • ख-
  • ख+

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (प्रताप)को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिए ।

‘मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरू निरन्तर भइरहनु आवश्यक हुन्छ, यसले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्न सहयोग पु¥याएको छ,’ उनले भने, ‘एक्स्पोहरूमा स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी तिनको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।’

उनले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पु¥याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला