अस्थिर नीतिका कारण लगानी बजार धराशायी बन्यो : गगन थापा

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा शेयर बजारको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

थापाले विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर रहेकोप्रति चिन्ता व्यक्त गरे। ‘३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक हिजो १९९५ विन्दुमा झरेको छ’, उनले भने, ‘यस्तो परिघटनाले शेयर बजारको विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने नै हो। तर योसँगै धेरै साना लगानीकर्ता उठ्न नसक्नेगरी प्रभावित भएका छन्।’

प्रत्येक दिन आफूकहाँ १० देखि १५ जना शेयर बजारको समस्या लिएर आउने गरेको पनि थापाले जानकारी गराए। ‘काठमाण्डौको मात्रै होइन साना–साना सहरका आममानिसले दुःख गरेर २ पैसा बचाएर शेयर बजारमा लगानी गरेका छन्’, उनले भने, ‘अहिले बजार घट्दा तिनै मानिस म झुन्डिएर मर्छ भनिरहेका छन्, कोही हामी सडकमा आइपुग्यौँ भनिरहेका छन्।’

सामान्य अवस्थामा शेयर बजार तलमाथि हुनु नियमति प्रक्रिया नै रहेको उल्लेख गर्दै थापाले लगानी गर्नेले यो कुरा बुझ्नु पनि पर्ने बताए। ‘तर, कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीलाई बजारबाट दुरुत्साहित गरेको छ’, उनले भने।

तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक रहेको थापाको भनाइ थियो। ‘तर, राष्ट्र बैंकले लिएको शेयर धितो कर्जालाई संकुचन गर्ने नीतिले शेयर बजारमा यस्तो अवस्था आयो भनेर जुन कुरा भनिएको छ, त्यसबारेमा सरकारको ध्यान आकृष्ट हुनै पर्छ’, उनले भने, ‘कारण जेसुकै होस्।

शेयर बजारको स्थायित्व कायम गर्न र सेयर बजारमाथिको विश्वास कायम राख्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डजस्ता नियमनकारी निकायहरुले के–कस्तो कार्य गरिरहेका छन् भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ।’

धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको हुनुपर्ने थापाले बताए। ‘शेयर बजारलाई ठीक ठाउँमा ल्यानै पर्छ। तर, यसो गर्दा ४०–५० लाख एकैपटक सडकमा आउनुपर्ने अवस्था सिर्जाना हुने हुँदा यसको भार हाम्रो अर्थतन्त्रले थेग्न सक्ला कि नसक्ला भन्ने जानकारी हुन आवश्यक छ’, उनले भने।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला