नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अमेरिकामा प्रदर्शन हुने भएको छ । न्युयोर्कस्थित बम्बे थिएटरमा १० जुलाईमा फिल्म प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
न्युर्योकमा रेभिल इभेन्ट्स इन्कर्पोरेसनले चलचित्र प्रदर्शन गर्न लागेको निर्माता अर्जुन कुमारले जानकारी दिए । निकेष खड्काले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट, अमिर गौतम, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।














