चलचित्र ‘चिसो मान्छे’ को टिकट बुकिङ खुल्यो

सुबी गुरुङ
  • ख-
  • ख+

चलचित्र ‘चिसो मान्छे’ले मल्टिप्लेक्स हलहरूमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुलेको हो ।

चलचित्रले मल्टिप्लेक्स हलहरूमा औसत शो पाएको छ । क्यूएफएक्स सिनेमाजले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २५ शो उपलब्ध गराएको छ ।

क्यूएफएक्सले आफ्ना ११ वटा स्टेशनमा उक्त शो उपलब्ध गराएको हो ।

दीपेन्द्र के. खनालको लेखन एवं निर्देशन रहेको ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का र अर्पण थापा शीर्ष भूमिकामा छन् ।

त्यस्तै, देशभक्त खनाल, अशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारहरूको चलचित्रमा अभिनय छ ।

कोरोना महामारीका कारण भएको लकडाउनमा विदेशबाट आएको एक शव लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको यात्राको कथा चलचित्रले पेश गर्छ ।

पोष्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्रले दर्शकको मन जित्ने धेरैको अनुमान छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला