‘साहु बा’मा देखिँदै अभिनेत्री प्रियंका कार्की

सुबी गुरुङ
  • ख-
  • ख+

अभिनेत्री प्रियंका कार्की वेब सिरिज ‘साहु बा’ मा देखिने भएकी छन्। यस सिरिजलाई प्रियंकाले नै निर्माण गर्दैछिन्।

आज मंगलबारबाट सिरिज छायांकन सुरु गरेको प्रियंकाले जानकारी दिइन्। फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजलाई सुजोय योङले निर्देशन गर्दैछन्।

एक्सन थ्रिलर सिरिजमा प्रियंकासँगै सरिता गिरी, नम्रता श्रेष्ठ, अमितेष शाह, कविता नेपाली, शेखर चापागाईं, प्रदीप बाँस्तोलालगायत कलाकारहरूको मूख्य भूमिका रहनेछ। सिरिजमा लगभग दुई सय जनाको अभिनय रहने प्रियंकाले बताइन्।

यस सिरिजमा प्रियंका पुलिस इन्सपेक्टरको भूमिकामा र सरिता मुख्यमन्त्रीको भूमिकामा देखिँदै छिन्।

सिरिजको पहिलो सिजनमा १३ एसिपोड रहने बताइएको छ।

अभिनेत्री प्रियंका आमा बनेपछि कुनै फिल्ममा देखिएकी छैनन्। उनले गत वर्ष छोरीलाई जन्म दिएकी थिइन्। त्यसपछि उनी केही फिल्मको प्रमोशनमा देखिएकी थिइन्। हाल उनी आफ्नो तौल घटाएर काममा फर्किएकी हुन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला