चलचित्र ‘कबड्डी–४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै चलचित्रविरुद्ध उजुरी के भइरहेको छ ?

सुबी गुरुङ
  • ख-
  • ख+

प्रदर्शनरत चलचित्र ‘कबड्डी–४’ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै चलचित्रविरुद्ध रोवीनकुमार लामाले उजुरी दिएका हुन् ।

“गतसाता नै उजुरी परेको हो । हामीले यसबारे मिलापत्रका लागि आग्रह गर्दै उजुरी प्रहरीमा पठाएका छौं,” काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलले भने ।

उजुरीमा लामाले चलचित्रको कथाले बौद्ध धर्म तथा लामा भिक्षु वर्गको मानमर्दन गरेकाले चलचित्रको दृश्य काँटछाँट तथा सम्पादन गर्न माग गरेका छन् । उनले चलचित्रको प्रदर्शन रोक्नसमेत उजुरीमा आग्रह गरेका छन् ।

यता, काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले प्रहरीलाई उक्त उजुरी प्राप्त भइनसकेको बताएका छन् । उनले उजुरी प्राप्त भएपछि अध्ययन गरेर अगाडि बढ्ने बताए ।

चलचित्रमा दयाहाङ राई केही समय बौद्ध भिक्षुका रूपमा देखिन्छन् । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र अहिले देशभर प्रदर्शन भइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला