एमाले कास्कीले तीन कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ८ वैशाख । पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ ।
नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवर्चन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिनुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवर्चन कार्यक्रम, तीन जना कम्युनिष्ट योद्धालाई सम्मान र नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई बधाई एवं सम्मान समारोह गरिने उहाँले बताउनुभयो ।

कास्कीका तीन संघीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एक/एक जनालाई सम्मान गरिनेछ ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट रुपा गाउँपालिका–७ का पुष्पकमल सुवेदी, क्षेत्र नम्बर २ बाट पोखरा–११ का डा. टुबराज बाँस्तोला र क्षेत्र नम्बर ३ बाट पोखरा–१९ का मिनराज पौडेललाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला