स्टेप बाई स्टेप मा.वि. मा अंग्रे्जी वक्तृत्वकला

नगेन न्यूज
  • ख-
  • ख+

 

स्टेप बाई स्टेप मा.वि. मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकाला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको भन्दै सम्पूर्ण विद्यार्थीले यस्ता कार्यक्रममा भाग लिएर व्यक्तित्व विकास गर्ने हौसला दिनुभयो ।
संस्थापक निर्देशक रमाकान्त वरालले विद्यार्थी जीवनमा सिकेका वक्तृत्वकला जस्ता कुरा जीवनभर काम लाग्ने भएकाले भाग लिएर अगाडि बढ्न अनुरोध गर्नु भयो ।
प्रतियोगितामा समुहु ुएु बाट रोश्नी पाठक प्रथम , कमल वहादुर क्षेत्री र उन्नती वराल दितीय, अगत्स्य बस्याल तृतीय तथा करुणा सिरिस र सुदर्शन बराल सान्त्वना हुन सफल भएका थिए । समूह ुबिु बाट प्रकृती शर्मा ,प्रकृती भण्डारी , प्रियाङ्का शर्मा तथा चर्चा लामिछाने र प्राप्ती अधिकारी क्रमश प्रथम द्धितीय तृतीय र चतुर्थ हुन सफल भएका थिए ।
विद्यालयका अंग्रेजी विभाग प्रमुख रुपेश पौडेल र लक्ष्मण भण्डारीले मुल्याङ्कन गर्नुभएको कार्यक्रमको सञ्चालन विज्ञान विभाग प्रमुख युवराज लामिछानेले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला