जनगुनासो सुन्दै एमाले उम्मेदवारद्धय वेदबहादुर र नन्दाकला

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौल तात्दै गएको छ । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिए पनि राजनीतिक दलका नेता तथा उम्मेदवारलाई भने आउँदो चुनावले व्यस्त बनाएको छ ।

यसैविच गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभाका प्रत्यक्ष तर्फ नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) र प्रदेश तर्फ एमालेको समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले बुधवार पोखरा १० का मतदाताहरुका गुनासाहरु सुन्ने र स्थानिय समस्याहरु बुझ्ने गरेका छन् । उम्मेदवारद्धयले धेरै बोलेर भन्दा पनि काम गरेर देखाउने विश्वास व्यक्त गर्दै जनगुनासो सुन्ने गरेको बताएका छन् ।
यसक्रममा वडाबासीहरुले अहिलेदेखि नै उम्मेदवारलाई भोलिका काम र समस्या समाधानका लागि वाचा गराएका थिए । वडावासीहरु गुनासो सुनिदिने एमाले उम्मेदवार पाएकोमा खुशी देखिन्थे भने एमाले उम्मेदवारलाई जिताउने प्रतिवद्धता समेत जनाएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला