सष्ट्रा सम्झदै कास्कीको लुम्ले

नगेन न्यूज
  • ख-
  • ख+

कास्की- “यो दाजुको मिरमिरे आँखा”, “सालैजो हितैको माया”, “फूल मायामा नभुल”, “माथीबाट को आयो सालको पात बजाउँदै” लगायतका थुप्रै गीत गाउनुभएका लोक गायक स्वः प्रवीण गुरुङको स्मृतिमा उहाँको जन्म गाउँ कास्कीको लुम्लेमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ ।

लुम्लेस्थित रि नी म्यो (दिदीबहिनी दाजुभाई) समाजको आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा यहि बैशाख ७ र ८ गते सम्पन्न कार्यक्रमका अवसरमा त्यहाँस्थित विभिन्न आमा समूहले बिभिन्न प्रस्तुतिहरु राख्दै स्रष्टाको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा लुम्लेवासीले लोकदोहोरी गायक तथा सर्जक अन्नपूर्ण गाउँपालिका निवासी प्रेमराज अधिकारीलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मानित पनि गर्नुभयो ।

कार्यक्रममा गाउँलेले स्वः गुरुङको अर्धकदको शालिक र पार्क समेत निर्माण गरिसक्नुभएको छ। गाउँलेले हरेक वर्ष स्वः गुरुङको स्मृति दिवस मनाउँदै जाने समेत प्रतिबद्धता जनाउनुभयो ।

वि.स २०१८ माघ १ गते जन्मनु भएका गुरुङको गीतसंगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

लुम्लेवासीले आफ्नो गाउँ पर्यटनको राजधानी भए जस्तै अबदेखि गीत संगितको पनि राजधानी बनाउन पहल गर्ने बताउनुभएको छ ।-

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला