इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारको निर्णय आफूले नमान्ने : भीम रावल

सुबी गुरुङ
  • ख-
  • ख+

नेकपा ९एमाले० का नेता भीम रावलले इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारको निर्णय आफूले नमान्ने अडान राखेका छन्।

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा साउनभित्र इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने सरकारको निर्णयको विरोध गर्दै आफ्नो गाडीमा नजोड्ने अडान राखेका हुन्।

‘‘इम्बोस्ड नम्बर प्लेट नजोडे सरकारले जेल हाल्ने भनेको छ, हालोस्। जेल जान तयार छु तर म आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्दै राख्दिनँ’’, बैडकमा उनले भने। संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको नेता रावलको आरोप छ।

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र प्रदेशको नाम टुंगिएका प्रदेशका सवारी साधानमा अनिवार्य रुपमा इबोष्ट नम्बर हाल्न सूचना जारी गरेको थियो। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी थियो।

विभागको यो निर्णयको चर्को विरोध भएको थियो। प्रतिपक्षसँगै सत्तारुढ सांसदहरुले समेत यसको विरोध गरेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला