गुरुङ संस्कृतिको फिल्म ‘नैना’को गीत सार्वजनिक

सुबी गुरुङ
  • ख-
  • ख+

गुरुङ संस्कृतिमा आधारित रहेर नेपाली भाषामा निर्माण गरिएको फिल्म नैनाको गीत सार्वजनिक भएको छ। फिल्ममा समावेशी ‘यो मुटु मेरो भन्नु मात्रै हो’ बोलको गीत सार्वजनिक गरिएको हो।

दुर्गा परियार र विजय लामाको स्वर रहेको गीतमा अनन्द गुरुङ र लक्ष्मी गुरुङ फिचर्ड छन्। जितेन्द्र क्षेत्रीको शब्द रहेको गीतमा पवन रानाले संगीत दिएका हुन्।

दिप गुरुङले निर्देशन गरेको फिल्ममा अनन्द गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु लगायत कलाकारको अभिनय छ। फिल्मको कथा जनक गुरुङले तयार पारेका हुन्।

विजय लामाले छायांकन गरेको फिल्मलाई मेकबहादुर थापाले सम्पादन गरेका छन्। यो फिल्म भदौ १८ गतेदेखि प्रदर्शन हुँदैछ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला