पोखरा थिएटरमा पुस २४ देखि ‘मृत्यु यस्तो हुनु हुँदैन‘ मञ्चन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस ९ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ यही पुस २४ गतेदेखि २७ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ ।
साबित्र पाठक (सबु)को लेखन र सितला अधिकारीको निर्देशनमा तयार भएको यो नाटक समाजका गम्भीर यथार्थ, मानवीय संवेदना र जीवन–मृत्युका प्रश्नलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ ।

यसअघि असोजमा मञ्चन हुने तयारी रहे पनि देशमा भएको जेन्जी आन्दोलनका कारण स्थगित भएको यो नाटक अहिले थप तयारीका साथ प्रदर्शन हुन लागेको हो ।
नाटककार साबित्र पाठक (सबु)का अनुसार यस अवधिमा नाटकको कथा, पटकथा र अभ्यासमा रहेका कमजोरीहरूलाई सच्याएर अझ उत्कृष्ट बनाइएको छ ।

चार दिनसम्म चल्ने यस नाटकको प्रदर्शन हरेक दिन साँझ ५ बजे हुनेछ । दर्शकको सहजताका लागि पुस २६ गते शनिबार दिउँसो १ बजे पनि विशेष शो राखिएको छ ।
यसरी जम्मा पाँच शो मञ्चन हुने आयोजकले जानकारी दिएका छन् ।

समाजका वास्तविक कथा र वरपरका घटना समेटिएको यस नाटकलाई सफल बनाउन व्यक्तिगत तथा संस्थागत सहयोग गर्न समेत थिएटरले आह्वान गरेको छ ।
समाजसँग सिधै जोडिने विषयवस्तु बोकेको यस नाटकले दर्शकलाई सोच्न बाध्य बनाउने विश्वास आयोजकले लिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला