‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शर्मिला शाह नगदसहित सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीले खेलाडी शर्मिला शाहलाई पोखरामा सम्मानित गरेको छ ।
श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शाहलाई नेपालबाट प्रतियोगितामा सहभागी बनेर उपाधि जित्दै देशको नाम अन्तरराष्ट्रियस्तमा राख्न सफल भएकामा नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो ।

हिसानको १८औँ संस्करणको स्पोर्टस मिटको उद्घाटन समारोहमा पोखरा महानगरपालिका–११ फूलबारी निवासी शाहलाई गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीलगायतले सम्मान गर्नुभएको हो ।

वल्र्ड पावर लिफ्टिङ फेडेरेसनको आयोजना र श्रीलङ्का पावर लिफ्टिङ फेडेरेसनको संयोजनमा भएको प्रतियोगितामा शर्मिलाले ८४ केजी समूहमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको थियो ।
भारत, पाकिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, रसियालगायत देशका खेलाडी सहभागी भएको सो प्रतियोगितामा नेपाली खेलाडी शर्मिलाले महिलातर्फ उपाधि जित्न सफल हुनुभएको थियो ।
सम्मानित शाहले आफूले विश्व च्याम्पियन बन्न कठिन यात्रा पार गरेको बताउँदै हारबाट सिक्दै अघि बढेमा सफलता हात लाग्ने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला