सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक होइन, एसपिपी हामीलाई मान्य छैन : प्रधानसेनापति शर्मा

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले एसपिपीबारे सञ्चारमाध्यममा आएको डकुमेन्ट आधिकारिक नभएको दाबी गरेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएको डकुमेन्ट सरकारी नभएको दाबी गरेका हुन्।

‘एसपिपीको डकुमेन्ट सरकारी होइन। हामीकहाँ आएकै छैन। कतैबाट पनि प्रमाणित हुँदैन। नेपालको एकता, नेपाली जनताले बुझेको कुरालाई भ्रम पार्ने हिसाबले कोही मानिसले यस्तो गरेको हुनुपर्छ,’ उनले भने।

नेपाली सेनाले कदापि नेपाली जनताको भावनाविरुद्ध काम नगर्ने भन्दै उनले नेपालको एकता र नेपाली जनताले बुझेको कुरामा भ्रम पार्ने हिसाबले केही मानिसले उचालेको बताए। उनले एसपिपी कुनै पनि हालतमा नेपाललाई काम नरहेको भन्दै मानवीय सहायताबाहेक सैन्य सहायतामा समावेश हुने कुरा नेपाली सेनालाई मान्य नहुने स्पष्ट पारे।

‘एसपिपी कुनै पनि हालतमा हामीलाई काम छैन। यो हाम्रा लागि पनि मान्य छैन। मानवीय सहायताका लागि मात्रै चिठी लेखेको हो, तर सैन्य सम्झौतामा यो अघि बढाइन्छ भने मान्य हुँदैन, हुन दिँदैनौँ,’ उनले भने।

प्रधानसेनापति शर्माले नेपाली सेनाले २७ अक्टोबर सन् २०१५ मा एसपिपीलाई लेखेको पत्र भूकम्पका वेलामा मानवीय सहयोगका लागि लेखिएको प्रस्टीकरण दिए। उक्त पत्रमा कुनै पनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने बताए।

त्यसपछिका दिनमा पनि दुईवटा चिठी लेखिएको, तर उक्त चिठी अमेरिकी सरकारबाट स्टेट पार्टनरसिप प्रोग्राममा दिइने फन्डका लागि मात्रै भएको स्पष्ट पारे। उनले उक्त फन्डले हालसम्म नेपाली सेनालाई विपतका वेला आवश्यक पर्ने औजारहरू मात्रै सहयोग गरेको र कुनै गोलीबारुद नदिएको दाबी गरे।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला