सेनाले अमेरिकालाई पत्र लेख्दा म होइन, सुशील कोइराला रक्षामन्त्री रहेको ईश्वर पोखरेलको स्पष्टीकरण

सुबी गुरुङ
  • ख-
  • ख+

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस कांग्रेस सांसद पुष्पा भुसालले ईश्वर पोखरेल त्यतिबेला रक्षामन्त्री रहेको दाबी गरेकी थिइन्।

त्यही बैठकमा सहभागी भएका पोखरेलले आफू त्यसबेला रक्षामन्त्री नभएको भन्दै आफ्नो बचाउ गरेका हुन्।

‘माननीय पुष्पा भुसालले २७ अक्टोबर २०१५ मा प्रधानसेनापतिले चिठी पठाउँदा तपाईं इश्वर पोखरेल नै रक्षामन्त्री हुनुहुन्थ्यो भन्नुभयो,’ पोखरेलले जवामा भने, ‘वास्तवमा त्यसबेला म रक्षामन्त्री थिइँन भन्ने उहाँलाई थाहा रहेनछ। जानकारी होस् म त्यतिबेला रक्षामन्त्री थिइनँ।’

पोखरेलले त्यतिबेला सुशील कोइराला नेतृत्वमा सरकार रहेको बताउँदै रक्षा मन्त्रालय पनि उनलै चलाएको दाबी गरे।

‘त्यतिबेला सुशील कोइरालाले सरकारको नेतृत्व गर्नुभएको थियो, रक्षा मन्त्रालय पनि उहाँले नै हेर्नुहुन्थ्यो,’ उनले भने।

उनले एसपीपीका विषयसँग जोडिएका यावत प्रश्नको निराकरण गर्न समिति बन्नुपर्ने बताए।

‘कसैले कसैलाई यस्तो पो हो नि भनेर छड्के कुरा गर्नै पर्दैन,’ उनले भने, ‘यसको क्रोनोलोजीबारे नेपाली जनताले थाहा पाउनुपर्छ। एसपीपी के हो? कसरी आयो? कुन कुन मितिमा? को को जिम्मेवार छन्? आउनपर्छ।’

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला