
पोखरा, जेठ ३० । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८१ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८१ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ८४ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट, पत्रकार, लेखक, समिक्षक र बिद्यार्थीलाई पनि थप गरेर उत्कृष्ट तीन पाठकले छान्नुभएको छ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म मत दिने समय रहेको थियो ।
कला क्रान्ति बर्ष नारी २०८१
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८१ सालमा एकल कला प्रदर्शनी गरेका ३ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट तिन कला क्रान्ति बर्ष नारी एरिना ताम्राकार हुनुभएको छ ।
मनोनयनमा भएका कलाकारमा मुना भडेल, नविना सुनुवार, एरिना ताम्राकार रहेका थिए ।