विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार२०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदानदिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।
वि.सं. २०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षालिएका छन् । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेलीयुवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।
आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६ औं आर्ट बाइनाले बङ्गलादेश, कलाकार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिताजनाएका छन् । नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृतिहो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाजउत्सव’काव्य कृतिप्रकाशनको तयरीमा छन् ।
काव्य र कला क्षेत्रमा विगत चार दशकदेखि सिर्जनात्मक काम गरेका श्रेष्ठ दर्जनौं पुरस्कार, मानसम्मान र पदकबाट विभूषित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदानगरिएको हो ।
प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोतीभुजेल र सह–सचिवशिव त्रिपाठी रहेका थिए । राष्ट्रिय स्तरमा साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदानदिने एक जना स्रष्टालाई प्रदानगरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रिय स्तरको पुरस्कार हो ।
यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथशर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरूभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसकेका छन् ।
असार ४ गते शनिबार पोखरामाकार्यक्रम गरी प्रदानगरिने पुरस्कारको राशीनगद रू१५ हजार,ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोतीभुजेलले जानकारी दिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला