हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ ।
क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।

पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोक बाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोट सम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोट बाट म्याग्दे गाउँपालिका वडा नं. १ ताक्राङ हुँदै वडा कार्यालय अगाडी पृथ्वी राजमार्गमा आएको थियो ।

हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताउनुभयो ।
हाइकिङमा सहभागी हुन इच्छुकले क्लबको सदस्य नभए पनि सहभागी हुन सकिने, खानाको र यातायातको दुरिको हिसाबले खर्च तिर्नुपर्ने, संस्थाको सदस्यता आजिवनको ३ हजार र साधारणको ५ सय तोकिएको क्लबको कोषाध्यक्ष टीका आचार्य सुबेदीले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला