पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष आशावादी ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियानअन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्यले चलचित्रले मौलिक कथा प्रस्तुत गर्ने डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताउनुभयो ।

चलचित्रका कलाकार तथा गायक रवि ओड ले ‘द्रौपदी’ प्रति ठूलो अपेक्षा रहेको बताउनुभयो । चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै, दर्शकहरूको साथ र माया आवश्यक रहेको बताउनुभयो । आफ्नो लागि अभिनयकला नयाँ भएता पनि मिहेनत गरेको भनाई उहाँको छ । उहाँ स्थानीय कुलेको भूमिकामा चलचित्रमा देखिनुभएको छ ।
चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवाली ले कन्टेन्टले आफूलाई तानेको बताउनुभयो । अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताउनुभयो । निर्देशक ऋषिराज आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मन परेका कारण नै आफु लगानीका लागि तयार भएको भनाई उहाँको छ । चलचित्रमा कलाकारको भूमिकामा उहाँ पनि देखिनुभएको छ ।

नायिका आश्विनी शाही ले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताउनुभयो । उहाँले अनुहार हेरेर चलचित्र नहेर्न, बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गर्नुभएको छ । ‘द्रौपदी’ को हिरो नै कन्टेन्ट भएको भनाई उहाँको छ । चलचित्रको कन्टेन्टले दर्शकलाई निराशा नबनाउने विश्वास उहाँले लिनुभएको छ ।
चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुशी लागेको बताउनुभयो । बलियो कथामा आधारित सिनेमामा आफु बाँधिन पाउँदा उहाँ हर्षित हुनुहुन्छ ।
पत्रकार सम्मलेनमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भइसकेको जानकारी गराइएको थियो ।
निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताउनुभयो । दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ ।
करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ । ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ ।
मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला