संग्रहालय प्रवद्धनका लागि सिटी टुर गाइडसँग अन्तक्रिया

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २७ फागुन । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथप्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्धनका लागि कार्यक्रम गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले संग्रहालय प्रवद्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धतासमेत गर्नुभयो ।
‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले भन्नुभयो, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा यसलाई समावेश गर्न आग्रह गर्दछु ।’

पोखरा सिटी टुर गाइड एसोसियसनका अध्यक्ष आनन्द गुरुङले पथप्रदर्शकहरुको योगदानलाई पहिचान गरी छलफल आयोजना गरेकोमा धन्यवाद दिदै पर्वतीय संग्रहालय प्रवर्धनका लागि सघाउने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य शेषकान्त शर्माले हिमालको देशमा रहेको पर्वतीय संग्रहालय धेरै पर्यटकको रोजाइको गन्तव्यमा पर्ने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्येता सुनील उलकले पोखराको पर्यटकीय विकास र यहाँका सम्पदाबारे प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य धर्मराज पन्थीको अध्यक्षतामा भएको हो ।
संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकहरुलाई संग्रहालयबारे जानकारी दिन, पथप्रदर्शकका अनुभव सुन्न र भावी रणनीति बनाउन कार्यक्रम गरिएको उल्लेख गर्नुभयो ।
‘पर्वतीय संग्रहालयका सम्पदा, यहाँका विशेष सामग्रीबारे उहाँहरुलाई जानकारी दिन र उहाँहरुको अनुभव सुन्न कार्यक्रम गरिएको हो,’ न्यौपानेले भन्नुभयो ।
विश्वकै सबैभन्दा ठूलो पर्वतीय संग्रहालय दाबी गरिएको यो संग्रहालयमा वर्षमा दुई लाख जति पर्यटक आउने गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला