ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल र्निविरोध चयन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन हुनुभएको छ ।
शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको छ ।
जसमा बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष बरालले क्लबबाट हालसम्म दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भइसकेको बताउनुहुदै खेल बिकासमा स्थानीयस्तरमा संचालित क्लबहरुको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभएको थियो ।

फुटबल खेललाई मुख्य उद्देश्य राखेर करिब तिन दशक अगाडी स्थापना भएको यस क्लबले खेलकुद सँगै सामाजिक कार्यमा पनि आफुलाई समर्पित गर्दै आएको महासचिव राकेश श्रेष्ठले बताउनुभयो ।
क्लबले नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम मंसिर २९ गते शनिबार गर्ने तय गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला