पोखरा । पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भएको उक्त नाटक असोज ५ गतेसम्म चल्ने छ ।
पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन भएको हो ।
पोखरा महानगर पालिकाका कृषि महसाखा प्रमुख मनोहर कडेरियाले नाटक जानकीले देश विदेश, घर परिवारमा ठक्कर खाँदै बनेकी स्वरोजगारको कथा प्रकाशन गरेको मिडियाले सधैं तनावमा बाचेका सुनकेशरीहरुको घरमा पनि सकरात्मक प्रभाव परेको बताउदै स्थानिय उत्पादन प्रबर्दन तथा स्वरोजगार केन्द्रित नाटकले केही उत्साह अवश्य थप्ने बताउनुभयो ।
उहाँले समय बितेको पत्तै नभएको र समय मिलाएर हेर्न सबैलाई अनुरोध गर्नुभयो ।
पोखरा महानगर पालिका ब्यबसाय प्रबद्र्दन केन्द्र प्रमुख नबराज अधिकारीले नाटक जानकी नेपालको अहिलेको परिवेश समेटेर साँच्चै नेपालमा केही हुँदैन त भन्ने कुरालाई चिरफार गरेर उद्यमी व्यवसायी बन्न पेसाले पढाइले रोक्दैन इच्छा शक्ति भए हुन्छ र मेक इन लोकल मेड इन लोकललाई समेत देखाएर तयार पारिएको बताउनुभयो । उहाँले नाटक जानकीले स्थानिय उत्पादन प्रबर्दन तथा स्वरोगार केन्द्रित भएको बताउनुभयो ।
नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु) ले लेख्नुभएको र गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।
नाटक शुक्रवारदेपख एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिनुभयो । नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।
‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ पाठकको भनाई छ ।
निर्देशक गोविन्द पराजुली भन्नुहुन्छ ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाइ दर्साउछ ।’
अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।
नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ । नाटकमा जय चापागाईंले संगीत दिनुभएको छ ।