गण्डकी प्रदेशको रजिस्टारमा भण्डारी नियुक्त, पहिलो महिला प्रेस रजिष्ट्रार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको पक्षमा दुई दशकदेखि क्रियाशील महिला पत्रकार बिमला भण्डारीलाई गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीको प्रथम महिला अध्यक्ष बिमला भण्डारी पत्रकारिता क्षेत्रमा आफ्नो सशक्त आवाज र दृढ नेतृत्वका लागि चिनिनुभएको छ ।
प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो ।

छनौट समितिले लिएको उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तरवार्ताका आधारमा ३ जनाको नाम मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो ।
उक्त पदका लागि भण्डारीसहित ५ जनाको दरखास्त परेको थियो ।
प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ । ऐनले प्रदेशमा एघारौँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरहका प्रेस रजिस्ट्रार हुने कानुनी व्यवस्था गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला