जनप्रिय क्याम्पसमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २८ जेठ । जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अव के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, साँस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम सेवा दिएर सिटी कर लगाउन सुझाव दिदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्याङ्क राख्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा तीन तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिनुभयो ।
खतिवडाले दीगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्याङ्क सङ्कलन केन्द्र राख्नुपर्ने बताउनुभयो ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल हुँदैन्, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वमारमा, त्यसपछि महाभूकम्प, नाकाबन्दी , कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाउनुभयो ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारका बारेमा पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० वटा सूचाङ्कमा सुझाव दिएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।
पर्यटन व्यवसायी दोर्जे लामाले आफ्नो ४ दशक लामो अनुभव सुनाउँदै राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो ।
समूह छलफलको सहजीकरण दिपेन्द्र पहारीले गर्नुभएको थियो ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षामा भएको कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले स्वागत र विष्णु तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला