दिर्घायु पोखरा हस्पिटलको प्राबिधिक सहयोगमा पोखरा २१ शिवालयमा निःशुल्क स्वास्थ शिबिर सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं.२१ शिवालयमा निःशुल्क बृहत स्वास्थ शिबिर सम्पन्न भएको छ ।
दिर्घायु पोखरा हस्पिटल प्रा.लि को प्राबिधिक सहयोग र नमुना बहुउद्देश्यीय संस्था लि. आयोजनामा भएको शिबिरमा प्रत्यक्ष रुपमा २ सय १६ जनाले स्वास्थ लाभ लिएका छन् ।

शिबिरमा रहेका प्रमुख संयोजक शालिकराम गौतमले विभिन्न स्वास्थ्य समस्याहरूको समाधान गर्न लक्ष्य राखेको यो शिबिरले स्थानीय जनतामा स्वास्थ्य जागरूकता तथा स्वास्थ्य सेवामा अभिवृद्धि गराउने उद्देश्यलाई पूरा गरेको विश्वास व्यक्त गर्नुभयो ।
साथै अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि दिर्घायु पोखरा हस्पिटल प्रा.लि चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको हो ।

यस्तै शिबिरमा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दिपक सुवेदीले वडा बासी लाई स्वास्थ्य चेकजाँच गराएको भन्दै हस्पिटल र सहकारी लाई धन्यबाद ब्यक्त गर्नुभयो । साथै आगामी दिनमा वडा कार्यलयमा स्वास्थ्य सेवाका बारेमा जानकारी दिने भविष्यको योजना बनाएर पुन यस्ता शिबिर सञ्चालन गर्ने समेत जानकारी गराउनुभयो।
शिबिरमा नमूना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भोजराज पौडेलले सहकारीको साथ सिद्धान्तमा रहेर सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । उहाँले शिबिरले स्थानीय समुदायको स्वास्थ्य जागरूकता बढाउने क्रियाकलापमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
शिबिरको प्रारम्भिक अवस्थामा स्वास्थ्य चेकअप गराइएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला