पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८० सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म आफ्नो मत दिने समय दिइएको थियो ।
कला क्रान्ति वर्ष मुर्तिकार २०८०
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८० सालमा मुर्तिकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका १३ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट ३ कला क्रान्ति बर्ष मुर्तिकारहरु राजु पिठाकोटे, गणेश राई र यशोदा कुमारी सिंह भएका छन् ।
मनोनयनमा भएका १३ कलाकारमा सूर्य मध्यरात, ओम खत्री, सुदर्शन विक्रम राणा, बिशाल सारु मगर, दिपक लामा, शशि किरण, यशोदा कुमारी सिंह, तारा ओझा, गणेश राई, राजु पिठाकोटे, नरेन्द्रप्रसाद भण्डारी, जेरोम महर्जन र रीशिता खत्री रहेका थिए ।














