पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८० सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म आफ्नो मत दिने समय दिइएको थियो ।
कला क्रान्ति बर्ष पुरुष २०८०
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा एकल कला प्रदर्शनी गरेका १२ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष पुरुषहरु दुर्गा बराल वात्सायन, बिजय महर्जन( स्कप्चर भिजन), नर बहादुर विके, रवि मिश्र र मन गुरुङ ( लुजिङ वनसेल्फ ईन ट्रानजिसन) भएका छन् ।
मनोनयनमा भएका १२ कलाकारमा दुर्गा बराल वात्सायन, बिजय महर्जन( स्कप्चर भिजन), नर बहादुर विके, रवि मिश्र, मन गुरुङ ( लुजिङ वनसेल्फ ईन ट्रानजिसन), उमेश श्रेष्ठ ( आटिस्टिक अोडिसि), भिम उपाध्याय, निकास योञ्जन ( बार्दो), विशाल महर्जन( आर्ट हाउस ), जिमि थापा( अ ट्राभेलोकुइ टु द गन्कोट्री), प्रकाश मिजार र मुकेश श्रेष्ठ ( रिभेलेसन ) रहेका छन् ।