पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८० सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म आफ्नो मत दिने समय दिइएको थियो ।
कला क्रान्ति बर्ष ब्यक्ति २०८०
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८० सालमा ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका ३९ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्तिहरु बिक्रम श्री (इटहरी मेट्रिक्स सांस्कृतिक केन्द्र), ए.बि. गुरङ्ग (अध्यक्ष,आई डब्लु एस, नेपाल), किरण सिगु, दिपेन्द्र बनेपाली (राष्ट्रिय ललितकला संघ, नेपाल) र सञ्जय वान्तवा (कोशी प्रदेश समन्वय समिति) भएका छन ।
मनोनयनमा भएका ३९ कलाकारमा ए.बि. गुरङ्ग (अध्यक्ष,आई डब्लु एस, नेपाल), धनु याङ्कखा (धनु आर्ट स्टडीयो), कृपा श्रेष्ठ (आभ्या क्लव), किरण सिगु, कैलाश के श्रेष्ठ (आर्टुडियो), किशोर नकर्मी, राजन महर्जन (चिबहाल आर्ट इन्स्टिच्युट), सञ्जय वान्तवा ( कोशी प्रदेश समन्वय समिति), लालकाजी लामा(उपकुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), मन्जुल मितेरी, पाल्साङ्मो लामा (कर्णाली प्रदेश समन्वय समिति संयोजक), राजन शाक्य ( म्युजियम अफ नेपाली आट्र्स, मोना), प्रदिप अधिकारी ( संयोजक, सुदूरपश्चिम प्रदेश प्रदर्शनी), संगिता थापा (सिद्धार्थ आर्ट ग्यालरी), सुजन चित्रकार (केयू आर्ट डिजाइन), सौरगङ्गा दशर्नधारी (गण्डकी प्रदेश समन्वय समिति), देवेन्द्रकुमार काफ्ले ुथुम्केलीु(सदस्य सचिव,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), नारदमणि हार्तम्छाली राई ( कुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), दिनेश्वर महतो ( लुम्बिनी प्रदेश समन्वय समिति), गेहेन्द्रमान अमात्य, किरण मानन्धर, बिक्रम श्री (इटहरी मेट्रिक्स सांस्कृतिक केन्द्र), मनिषा शाह, महेश आचार्य, गोपी श्रेष्ठ (जी आर्ट ग्यालरी ), दिवेश प्रधान (सट्रडे प्लेन एअर ), दिपेन्द्र बनेपाली (राष्ट्रिय ललितकला संघ, नेपाल), रविन कोइराला, हरेराम जोजिजु, अरुणा हिङमाङ (संयोजक,मधेस प्रदेश समन्वय समिति), चन्द्र प्रसाद राजवंशी (नेपाल कमर्शियल आर्टिष्ट संघ), मदन चित्रकार, मानबहादुर दोङ, अनिल चित्रकार, नम्रता सिंह, राज प्रकाश मान तुलाधर, उद्धब राज रिमाल, सुमन थापा मगर (कला घर ), ठाकुरप्रसाद मैनाली (नेपाली आधुनिक मूर्ति कला रत्न) रहेका थिए ।