एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ गतेसम्म दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्दै हुनुहुन्छ ।
कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लाग्नुभएको हो ।

उहाँले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
त्यस्तै, जेठ ११ गते काठमाडौंमा उहाँले नागरिक समाज, मिडिया, युवालगायतसँग अन्तक्र्रियात्मक संवाद गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार विज्ञ कालामार सन् २०२१ मा एम्नेष्टीको महासचिव नियुक्त हुनुभएको थियो ।
अभिव्यक्ति स्वतन्त्रता क्षेत्रकी विज्ञ, नारिवादी र गैर नश्लवादी अभियन्ता डा. कालामार मानवअधिकार चुनौतीहरू विरुद्ध लड्ने अन्तर्राष्ट्रिय प्रयासहरूमा अग्रभागमा रहनु हुन्छ ।
एम्नेस्टी इन्टरनेसनलको महासचिव नियुक्त अघि उहाँले गैरन्यायिक, सङ्क्षिप्त वा स्वेच्छाचारी हत्यासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदकका रूपमा काम गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला