कुमार भट्टराईको झापा विद्रोहको उपन्यास ‘२८ साल’ लोकार्पण

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । झापाका अग्रज सञ्चारकर्मी तथा साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ नामक उपन्यास आज लोकार्पण भएको छ । काठमाडौंमा आयोजित समारोहमा कुमार भट्टराईले लेखेको यो उपन्यासलाई झापा विद्रोहकै एक पात्र ठूलो दुर्गा अधिकारी, पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल र लेखक भट्टराईले लोकार्पण गरे ।
सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको उपन्यान ‘२८ साल’ को मूल्य ७७७ रुपैयाँ रहेको छ ।
झापामा तत्कालीन युवा कम्युनिस्ट कार्यकर्ताले २०२८ देखि २०३२ सम्म सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा ‘झापा विद्रोह’ को नामले पुकारिन्छ ।

उक्त सशस्त्र विद्रोहमा आन्दोलनकारीतर्फ ७ र विद्रोहीबाट ९ जनाको हत्या भएको थियो । घटनापछि सयौं विद्रोही जेलनेल परेका थिए भने कम्युनिस्ट आन्दोलनमा ठूलो हलचल मच्चिएको थियो ।

यस पुस्तकमा झापा विद्रोहका जीवित पात्र र विद्रोहीबाट हत्या गरिएका ३७ पात्रहरूको कथानक बयान छ ।
उपन्यासको संरचनामा लेखिएको कृतिमा कथा भन्ने पात्रहरूमा केपी ओली, सीपी मैनाली, राधाकृष्ण मैनाली, हर्क खड्का, राजेन राजबंशी, ठूलो दुर्गा अधिकारी, सानो दुर्गा अधिकारी लगायतका तत्कालीन विद्रोहका अगुवाहरू समेत छन् ।
उपन्यासकार भट्टराईले यो पुस्तक झापा विद्रोहसँग जोडिएका र पीडितका परिवारको भनाइका आधारमा लेखिएको बताए । ‘यो पुस्तक झापा विद्रोहसँग जोडिएका ३५–३६ जना पात्रहरु हुनुहुन्छ, उहाँहरुकै हो । मैले त लेखेको मात्र हुँ,’ उनले भने । सम्बन्धित व्यक्तिले आफ्ना कथा आफैं भनेकाले यो पुस्तकले झापा विद्रोहका सवालमा फैल्याइएका भ्रमहरुलाई समेत चिर्ने काम गर्ने उनको विश्वास छ । लीला लेखनअन्तर्गत रहेर लेखिएको यो आख्यानमा रहेका पात्रले आफ्ना कथा आफैं भनेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला