इटहरीमा २७ रोपनी जमिनमा स्टार होटलसहितको फिल्म स्टुडियो निर्माण अन्तिम चरणमा

नगेन न्यूज
  • ख-
  • ख+

विराटनगर । सुनसरीको इटहरीमा स्टार होटलसहितको फिल्म स्टुडियो निर्माण भइरहेको छ । विराट मेडिकल कलेज र विराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीको लगानी रहेको विराट मल्टी स्टुडियोको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चलचित्रको निर्माण गर्ने ¥याम, कन्सर्ट, रियलिटी सो तथा विभिन्न अडिसन सञ्चालन गर्न नेपालमा सुविधासम्पन्न स्टुडियो नभइरहेका बेला इटहरीमा ५० करोड लगानीमा विराट मल्टी सिने स्टुडियो सञ्चालनमा आउने भएको हो ।

मोरङमा दुई ठूला अस्पताल र विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले इटहरी नगरपालिकास्थित आफ्नै २७ रोपनी जमिनमा विराट मल्टी सिने स्टुडियो निर्माण गरिरहनुभएको हो ।
उहाँले काठमाडौंमा सानो ठाउँमा स्टुडियो चलेको देखेपछि इटहरीमा ठूलो स्टुडियो निर्माण गरिएको बताउनुभयो ।

विराट मल्टी सिने स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रमेश शाही ठकुरीले इटहरी उपमहानगरपालिका ३ मा डेढ बिगाहा क्षेत्रफलमा स्टुडियो निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै यो स्टुडियो नेपालकै ठूलो र सुविधा सम्पन्न हुने दाबी गर्नुभयो ।
ठकुरीले अनुसार अन्तर्राष्ट्रिय मापदण्डका दुई ठूला स्टुडियो निर्माण हुने र स्वीमिङ पुलसहितको थ्री स्टार होटल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
होटलमा २७ वटा सुविधासम्पन्न कोठा हुनेछ । ८० फिट लम्बाइ, ४० फिट चौडाइ र २४ फिट उचाइको भीएफएक्स स्टुडियो बनाइएको छ ।
यो स्टुडियोमा फिचर फिल्म, टेलिफिल्म, सर्ट मुभी, म्युजिक भिडियो र विज्ञापन छायांकन गर्न सकिनेछ । स्टुडियोको पोस्ट प्रोडक्सन विभागमा एडिटिङ, ग्राफिक्स, अडियो मिक्सर, एनिमेसिन पनि गर्नेछ ।

ठकुरीका अनुसार भीएफएक्स भन्दा ठूलो मल्टी स्टुडियो निर्माण गरिएको छ । १६० फिट लम्बाइ, ५० फिट चौडाइ र ४० फिट उचाइको स्टुडियो बनेको छ ।
भीएफएक्स र मल्टी स्टुडियो काठमाडौंको तुलनामा ठूलो भएको उहााको दाबी छ । मल्टी स्टुडियो दुई हजार अटाउने क्षमताको छ र यी स्टुडियोमा ३२ वटा क्यामरा प्रयोग गर्न सक्ने सुविधा राखिएको छ ।

ठकुरीले विराट मल्टी सिनेमामा सञ्चालनमा आउन लागेको स्टुडियो नेपाली तथा भारतीय फिल्म निर्माणका लागि प्रयोग गर्न दिने योजना रहेको बताउनुभयो ।

उहाँले काठमाडौँ बाहिर सम्भावना भएका कारण हामीले यहाँ स्टुडियो निर्माण गरिरहेको र यहाँ नेपाली मात्रै होइन, हिन्दी र भोजपुरी सिनेमाको सुटिङका लागि आउने आशा व्यक्त गर्नुभयो ।
ठकुरीले नेपालका केही रियालिटी शोको सुटिङ पनि इटहरी स्टुडियोमा गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले यहाँबाट नेपालका मुख्य हिमाल नजिक पर्ने र पहाड पनि छेउमै छ, कोशी नदी पनि नजिकै भएकोले यहाँ प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला