
पोखरा । बहिनी एडुकेयर फाउण्डेशन कास्कीको १० औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा न ७ का वडाध्यक्ष राम मोहन आचार्यले संस्थाको कार्यको प्रशंसा गर्दै नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नै वडामा रहेकोले परिवार भएको र संस्थाको कार्यहरुमा सहकार्य गर्ने बताउनुभयो । उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा अझ राम्रा कार्य गर्न प्रेरणा दिनुभयो ।
संस्थाका अध्यक्ष नविन बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आ।व।२०७९र८० को वार्षिक प्रतिवेदन र लेखा परिक्षणलाई अनुमोदन गर्दै २ वर्षको लागी नयाँ कार्यसमिती चयन गरेको छ ।
नयाँ कार्यसमितीको अध्यक्षमा कुञ्जनी परियार ‘प्यासी’, उपाध्यक्षमा अभिजित श्रेष्ठ, सचिवमा सुष्मा ओझा, कोषाध्यक्षमा बिकास भट्टराई र सदस्यहरुमा अनिरुद्र बराल, शुभेच्छा देवा श्रेष्ठ र सोनी छिनाल रहेका छन् ।
सल्लाहकारहरुमा नबिन बराल, छिरिङ लामा शेर्पा, गौरव हिराचन मनोनित भएका छन् ।
साथै कार्यक्रममा कर्मचारी दिब्या तिमिल्सीना, सबिना थापा र सिता नेपाली लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा निर्देशक सुरेन्द्र परियार, निवर्तमान अध्यक्ष नबिन बराल, सामाजिक अभियन्ता अश्विन कुमार कार्की लगाएतले संस्थालाई शुभकामना ब्यक्त गर्दै आवश्यक सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने बताएका थिए ।
नव निर्वाचत अध्यक्ष कुञ्जनी परियारले संस्थाको गरिमा कम हुन नदिई कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।