
पोखरा । अँग्रेजी शिक्षा विभागका पृथ्वीनारायण क्याम्पसको आयोजनामा अमेरिकी दुतावासको नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्समा अँग्रेजी भाषा शिक्षणमा कार्यक्रम सँचालन गर्ने क्षेत्रिय अँग्रेजी भाषा कार्यालय (रेलो) का विज्ञहरुले अँग्रेजी शिक्षा विभागका प्राध्यापक र विद्यार्थीहरुसँग कार्यशाला सञ्चालन गरेका छन् ।
उक्त कार्यक्रममा सहजिकरण गर्दै रेलोका कार्यक्रम अधिकृत बिश्व गौतमले अनुसन्धानमुलक लेख प्रकाशन गर्ने तरिकाहरु सम्वन्धित सत्रको सहजिकरण गरेका थिए भने रेलो विज्ञ रोजर कोहेनले नेपालमा अँग्रेजी शिक्षाको प्रवद्धन गर्ने तथा अँग्रेजी शिक्षकहरूको लागि निशुल्क कोर्षहरु सञ्चालन गर्ने रेलोको मुख्य काम रहेको बताउनुभयो ।
उहाँले नेपाली कक्षाकोठामा अँग्रेजी शिक्षण सम्बन्धित अनुभव वा अनुसन्धानलाइ प्रकाशित गर्न सके ज्ञानको क्षितिज फराकिलो पार्न सकिने विचार व्यक्त गर्दै कक्षाकोठामा अँग्रेजी बोलाइ शिक्षण गर्ने तरिकाबारेको सत्र सहजिकरण गर्नुभयो ।
विभागका प्रमुख सह प्राध्यापक डा नवराज न्यौपानेले अँग्रेजी शिक्षा विभाग र रेलोको सहकार्यले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै बिभागका सदस्य मदन प्रसाद बरालले सहजकर्ताहरुले अत्यन्तै जटिल विषयवस्तुलाइ निकै सहज तरिकाले प्रस्तुत गर्न सक्नुले विज्ञको विज्ञतालाइ स्पस्ट पारेको विचार व्यक्त गर्नुभयोे ।
विद्यार्थी को तर्फबाट एम एड का बिद्यार्थी कुशल लामिछानेले आफ्नो भनाई राख्नुभएको थियो । प्राध्यापक र विद्यार्थी गरी करिव ४५ जना सहभागी रहेको कार्यक्रममा विभागका प्रमुख डा. न्यापाने सभापति, र पिताम्बर गौतम कार्यक्रम सञ्चालक रहेको बिभागका सदस्य बोधराज गौतमले जानकारी दिनुभयो ।