आर्वा मणिदिपमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न , १५० जनाले लिए सेवा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , भदौ ९ । पोखरा १३ आर्वामा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
नागेश्वर महादेव मन्दिर विकास समितिको आयोजना र अन्नपुर्ण आयुर्वेदिक क्लिनिक पोखरा १२ सितलादेवीको प्राविधिक सहयोगमा आर्वा मणिदिप स्थित नागेश्वर मन्दिर परिसरमा उक्त शिवर सचांलन भएको हो ।

शिविरमा पाईल्स ,फिस्टुला, कब्जियत, मधुमेह ,थाईसाइड , पेसर ,युरिक एसिड ,ग्यास्टिक , प्रसुती लगाएतका समस्याहरु लिएर शिविरमा आएको डा.ज्योती ठाकुरले बताउनु भयो ।
उहाँले विरामीको उपचार सहित निशुल्क औषधी पनि प्रदान गरेको र कतिपय जटिल समस्या भएकालाई अस्पतालमै उपचार गराउन पर्ने भएको बताउनु भयो । डा.ठाकुर सहित शिविरमा अमित न्यौपाने, सम्झना मझकोटी , अमृत आचार्य उपचारमा खटिएका थिए ।

नागेश्वर महादेव मन्दिर विकास समिति सचिव एवम स्वास्थ्य शिविर संयोजक शिव राज बरालले धार्मिक गतिविधि वाहेक गाउँठाउँमा अझै पनि स्वास्थ्य उपाचारबारे मानिसहरु सचेत नहुने भएकाले सामाजिक उतरदायित्व अन्तर्गत गाउँमै विषेशज्ञ डाक्टर बोलाएर निशुल्क शिविर संचालन गरेको बताउनु भयो ।
समितिका अध्यक्ष विष्णु प्रसाद बरालले कुनै औपचारिक कार्यक्रम नगरि नितन्त स्थानियहरुको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको बताउनु भयो ।
उहाँले आर्वा मणिदिपमा रहेको महाप्रभुधाम सहित नागेश्वर शिव मन्दिरको धार्मिक , एतिहासिक र पर्यटकिय महत्व बोकेको स्थल भएकोले यस्को विकासका लागि सबै निकाय सगं पहल भइरहेको बताउनु भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला