सुचिकृत भएका रेफ्रि र प्रशिक्षकहरुको जिवन विमाको तयारी गर्दै परिषद

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले सुचिकृत भएका रेफ्रि र प्रशिक्षकहरुको जिवन विमा गर्ने तयारी सुरु गरेको छ ।

सुचिकरणको लागि ३५ दिने सूचना प्रकाशित गरेको परिषदले सूचिकृत भएका सबैको जिवन विमा समेत गर्ने तयारी सुरु गरेको हो ।
सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले आर्थिक वर्ष २०८०र०८१ को विनियोजित बजेटबाट सबैको जिवन विमा गरिने जानकारी दिनुभयो ।

परिषदले गत साउन १ गते एक ३५ दिने सूचना प्रकाशित गरि रेफ्रि, निर्णायक, जज, प्रशिक्षक तथा खेलस्थलहरुको समेत सूचीदर्ताका लागि आह्वान गरे संगै जिल्ला खेलकुद विकास समितिहरुमा सूचिकृत अभियान जारी रहेकै बेला परिषदले सबैको जिवन विमाको तयारी सुरु गरेको जानकारी दिंदै सदस्य सभिव शर्माले भन्नुभयो–“हामीले उहाँहरुलाई सूचिकृत गर्न आह्वान गरेका छौं । तद्अनुरुप जिल्ला–जिल्लामा उहाँहरुले सूचिकरण गर्दै हुनुहुन्छ भने परिषदले जिवन विमाको तयारी समेत सुरु गरेको छ ।”

परिषदले सबैको अपनत्व प्रदान गरि प्रदेशको खेलकुद विकास अभियानमा संगै अघि बढाउन जिवन विमा कार्यक्रमले सहयोग पुग्ने सदस्य सचिव शर्माले बताउनुभयो ।
“उहाँहरु सूचिकृत हुने मात्रै कुरा होइन । सूचिकृत भए संगै उहाँहरुलाई परिषदले उपलव्ध गराउने सेवा पनि अर्को महत्वपूर्ण पाटो हो”, शर्माले भन्नुभयो–“३५ दिन भित्र सूचिकृत भए संगै हामीले उहाँहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम पनि समावेश गर्दैछौं ।”

आगामी दिनमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा सूचिकृत भएका प्रशिक्षक, रेफ्रि र निर्णायकहरुले मात्रै सञ्चालन गर्न पाउने विषय कडाईका साथ लागु गर्ने बताउँदै उनीहरुको अभिलेखिकरणको अधिकार प्रदेश खेलकुद परिषद संग मात्रै रहेको सदस्य सचिव शर्माले बताए ।

यसै गरी परिषदले बुधबार पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिलाई समेत पत्रचार गर्दै प्रशिक्षण केन्द्रको विवरण र प्रतियोगिताको अनुमती तथा सहमतिका लागि साथै खेल प्रशिक्षकहरुको सूचिकृतका लागि आवश्यक सहयोग गर्न भनेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला